साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमाले केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज ११ः०० बजेपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो  ।

बैठकमा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावलगायतबारे छलफल र निर्णय हुने बुझिएको छ ।

एमालेको केन्द्रीय समितिलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि आज पहिलो बैठक बस्न लागेको हो। बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ। 
 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ७ : ३८ बजे