साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गृहमन्त्री थापाले लिनुभयो सपथ

काठमाडौँ । गृहमन्त्रीमा पुन: नियुक्त हुनुभएका रामबहादुर थापाले सपथ लिनुभएको छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा बादललाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी गराउनुभयो ।

सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुभएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा भने  सहभागी हुनुभएन ।

सपथ लिन बादल नेपाली पोशाक दौरासुरुवालमा उपस्थित हुनुभएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ७ : ५७ बजे