काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँहरुबीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयन, देशको पछिल्लो राजनीतिक अवस्था लगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।  

गृहमन्त्री रामबहादुर थापा (बादल) र प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई पनि वार्तामा सहभागी हुनुभएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न विप्लवसँगै खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) पनि बालुवाटार जानुभएको थियो ।