‘नेशनल डे कन्सर्ट’ सम्पन्न

जिल्ला प्रशासन मकवानपुरको सभा, सम्मेलन नगर्न अनुरोध

वाग्मती – जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार  सर्वसाधारणलाई अपिल गरेको छ ।

    कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल गरेको छ । साथै प्रशासनले भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

रासस

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : ०४ बजे