‘एउटै नाउरको सिकार गर्न २३ लाख’

थप १ हजार १५ जनामा कोरोनाको सङ्क्रमण, ८ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १ हजार १५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा २६२ जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ७५ हजार ३०० जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

नेपालमा आज अपरान्हसम्म सक्रिय संक्रमितको संख्या ६ हजार २९० जना रहेको छ ।  कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको  मृत्यु भएको छ भने हालसम्म कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : ०५ बजे