‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बीरगञ्जमा कोरोना सङ्क्रमित महिलाको मृत्यु, ४५ जनामा सङ्क्रमण पुष्टि

बीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज दिउँसो १ः४० बजे मृत्यु भएको छ ।
बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ५१ वर्षिया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका वरिष्ठ फिजीसियन डा. निरज सिंहले जानकारी दिनुभयो ।
उच्च ज्वरो, खोकी, निमोनियाको कारण शनिबार नारायणी अस्पतालमा भर्ना भएकी महिलाको उपचार कै क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा.सरोज रोशन दासले बताउनुभयो ।
यसै गरी नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : १४ बजे