देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अमेरिकाको नेब्रास्कामा गोली चल्यो, दुई जना घाइते

नेब्रास्का – संयुक्तराज्य अमेरिकाको नेब्रास्का राज्यमा शनिबार एउटा मलमा चलाइएको गोली लागेर दुई व्यक्ति घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार ओमाहा शहरको वेस्टरोड्स मलमा उक्त घटना भएको थियो । गोली चलाउने व्यक्ति फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते एक व्यक्तिको स्वास्थ्य अवस्था निकै नाजूक रहेको बताइएको छ । अर्का व्यक्ति भने सामान्य घाइते अवस्थामा छन् । दुबैको अस्पतालमा उपचार भइरहेको छ । 

गत बिहीबार राति इन्डियानापोलिसको फेडएक्स कार्यालयमा भएको गोलीकाण्डमा आठ जनाको मृत्यु भएको थियो । 

अधिकारीहरुले उक्त गोलीकाण्डका मुख्य शंकास्पद व्यक्तिले आत्महत्या गरेका जनाएको छ । 

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  २ : २५ बजे