साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बादल पुनः गृहमन्त्री बन्दै,आजै साँझ सपथग्रहण

काठमाडौं । नेकपा एमालेका नेता रामवहादुर थापा बादल पुनः गृहमन्त्रीमै नियुक्त हुनेहुनुभएको छ । बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको छ । आजै सपथग्रहणको समय तय भइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित हुनुभएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । संसद सचिवालयले आज विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको छ ।

राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उहाँ गृहमन्त्रीबाट पदमुक्त हुनुभएको थियो । उहाँ पदमुक्त भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गर्नुभएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ११ : ५१ बजे