‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको मृत्यु   

राँझा ।  भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ ।

नेपालगञ्जस्थित  भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।    

उहाँका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७:०० बजे मृत्यु भएको थियो ।

त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको हो । गत चैत ३१ गते कोरोना सङ्क्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना गरी उपचारकै क्रममा गए राति ७:४० बजे उहाँको मृत्यु भएको हो ।    

भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि गए राति नै निधन भएको छ ।

गत चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरी उपचार भइरहेकामा स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा शनिबार राति ९:३० बजे मृत्यु भएको कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।   

बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ भने बाँके जिल्ला निवासी ६० जनाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।    

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : ३८ बजे