‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कालीगण्डकी साहित्य परिषद्द्वारा पाँच साहित्यकारलाई सम्मानित

भरतपुर । चितवनको कालीगण्डकी साहित्य परिषद्ले पाँच साहित्यकारलाई सम्मानित गरेको छ । 

जिल्लामा लामो समय क्रियाशील साहित्यकारलाई परिषद्ले सम्मान गरेको हो । सम्मानित हुनेमा गोविन्दराज विनोदी, रामबाबु घिमिरे, ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’, धनराज गिरी र यमुना न्यौपाने अधिकारी रहनुभएको छ । 

साहित्यकार केशवराज आमोदीले पाँच साहित्यकारलाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गर्नुभयो । कार्यक्रममा स्रष्टाहरुले आ–आफ्नो रचना वाचन गरेका थिए । 

विसं २०६१ मा स्थापना भएको परिषद्ले विभिन्न साहित्यिक पुस्तकहरु प्रकाशन गर्दै आइरहेको संस्थाका उपसभापति रुविन पौडेल ‘सिर्जनयात्री’ले जानकारी दिनुभयो । कार्यक्रममा साहित्यकार पुष्प अधिकारी अञ्जली, लकास पौडेल, तिलकराज शर्मा लगायतको उपस्थिति रहेको थियो । 

पौष्टिक आहारका लागि नगद
चितवनको कठार स्वास्थ्य चौकीले सुत्केरी महिलालाई पौष्टिक आहारका लागि नगद प्रदान गरेको छ । 

खैरहनी नगरपालिका–१० ले चालु आर्थिक वर्षका लागि सामाजिक विकासतर्फ ‘सुत्केरी महिलाहरुलाई पौष्टिक आहारका लागि अनुदान’ शिर्षकमा विनियोजित बजेटबाट यहाँका सुत्केरी महिलालाई रु एक हजारका दरले रकम प्रदान गरेको हो ।

गत साउनदेखि हालसम्म नेपाल सरकारद्वारा सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका महिलालाई रु एक हजारका दरले नगद अनुदान वितरण गरिएको कठार स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक नवीन नेपालले बताउनुभयो । उहाँका अनुसार यो कार्यक्रम असार मसान्तसम्म चल्नेछ ।रासस
 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ७ : २७ बजे