‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न समिति गठन

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्त गर्नका लागि सिफारिस समिति गठन गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्नका लागि सिफारिस समिति गठन गरेको नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग दुबैका अध्यक्ष सहित सदस्या नियुक्तिका लागि सिफारिस गर्न समिति गठन भएको छ । अध्यक्षमा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र राष्ट्रिय मानव अधिकार आयोगको सदस्य वा आयोगले तोकेको सदस्य, रहने व्यवस्था छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेका छन् ।’

बैठकले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ४ : ३२ बजे