‘एउटै नाउरको सिकार गर्न २३ लाख’

इजरायललाई इरानसँग निहुँ नखोज्न रुसको चेतावनी

काठमाडौं । रसियाले मध्यपूर्वमा बढ्दै गएको तनावप्रति चासो व्यक्त गर्दै इजरायल र इरानलाई संयमता अपनाउन आग्रह गरेको छ ।

इरानले इजरायलमाथि जवाफी कारबाही गर्ने चेतावनी दिएसँगै रसियाले इरान र इजराइललाई संयम बन्न आग्रह गरेको हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले मध्यपूर्वमाथि अशान्ति नमच्चाउन इजरायललाई सचेत गराएको छ ।

गाजामा जारी युद्धलाई लिएर रसियाले इजरायलको निन्दा गर्दै आएको छ । रसियाले इरानसँग इरानसँग सैन्य र राजनीतिक सम्बन्धलाई थप सुदृढ तुल्याउन पनि रसियाले इजरायलमाथि चुनौती पेश गरेको रोयटर्सले जनाएको छ ।

दुई इरानी जनरलको मृत्यु हुनेगरी भएको इजरायली हमलालाई लिएर तेहरानले इजराइलविरुद्ध कारबाही गर्ने बताउदै आएपछि रसियाले पनि घुमाउरो पारामा इरानको समर्थन गर्दै इजरायलमाथि दबाब बढाएको हो ।

इरान र इजरायलबीच चिसिदै गएको सम्बन्धलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइलमाथि कडा समर्थन गरेका छन् ।

त्यसको भोलिपल्टै रसियाले पनि इजरायलमाथि दबाब बढाउने गरी सुझाव दिएको हो ।

 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ८ : २२ बजे