यूएईमा नेपाली दम्पतीको झगडा, अग्लो भवनबाट श्रीमती धकेलेर श्रीमान् फरार

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा पतीले अग्लो भवनबाट धकेलेपछि खसेर अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भएको हो ।

अजमानस्थित चाइना मलको भवनमा कैलालीका नेत्रप्रसाद न्यौपानेसँग विवाद भएको थियो । राधा र न्यौपाने श्रीमान्–श्रीमती हुन् ।

नेत्रले राधासँग दोस्रो बिहे गरेका थिए । पहिलो बिहे उनले गुपचुप राखेको थापा पाएपछि मदिरा पिएको बेला उनीहरूबीच विवाद भएको बताइएको छ ।

विवादकै क्रममा नेत्रले धकेल्दा यो घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै गैरआवासिय नेपाली संघले जनाएको छ । घटनापछि श्रीमान् न्यौपाने फरार भएका छन् ।

मलबाट खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ । उनको शव स्थानीय अस्पतालमा राखिएको छ ।

उनीहरु दुवै जनाको यूएईमा रेसिडेन्ट कार्ड भएको र यूएईमा काम गर्दै बस्दै आएको खुलेको छ ।

 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ४ : २३ बजे