मन्थली विमानस्थलमा पानी पस्यो

बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी

काठमाडौं। काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ।

सोमबार अपराह्न बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको हो। अहिले निभाउनेक्रम जारी रहेको छ।

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक एवं प्रवक्ता राजेन्द्र खड्काले आगलागीको कारण पत्ता नलागेको बताउनुभयो। स्टोरमा बन्दोबस्तीको सामानहरू रहेको उहाँको भनाइ छ।

'खासमा हाम्रो स्टोर हलचोकमा हो। तर, त्यहाँ नअटेका सामानहरू बलम्बुमा राख्ने गरिन्छ स्टोरमा के कुरा कति मात्रामा थिए भन्ने विवरण संकलन गर्दैछौं,' उहाँले भन्नुभयो। प्रवक्ता खड्काले आगलागीबारे समिति बनाएर विस्तृत अनुसन्धान हुने बताउनुभयो ।

अहिले आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले सहयोग गरिरहेका छन्। 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ६ : ४३ बजे