सभामुखले बोलाएको चार दलको बैठक निष्कर्षविहीन

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाउनुभएको चार दलका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष सकिएको छ ।

गृहमन्त्री रवि लामिछानेविरूद्वको सहकारी ठगी प्रकरणमा नेपाली काँग्रेसले निरन्तर संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्ड सहित बसेको बैठकमा नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि बिना निष्कर्ष टुंगिएको हो ।

छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलगायत नेता सहभागी हुनुहुन्थ्यो ।

लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समिति गठनको माग राख्दै चैत २७ देखि संसद नै अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले छलफल अगाडी बढाउनुभएको हो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : ०९ बजे