मन्थली विमानस्थलमा पानी पस्यो

सांसद अब्दुल खान चढेको कार दुर्घटना

काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ ।

हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौ ल्याउन लागिएको बताइएको छ ।

उहाँसँग गाडीमा को-को थिए भन्ने स्पष्ट हुनसकेको छैन ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  २ : ०३ बजे