दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य तोलामा रु छ सयले बढ्यो

काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ । 

आइतबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार दुई सय कायम भएको छ ।

तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा रु एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार छ सय ८५ निर्धारण भएको छ । 
 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ११ : ४० बजे