साफ यू–१७ च्याम्पियनसिप आजदेखि

लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराई बिरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दैआरोपपत्र दायर गरेको छ ।

आयोगले बिशेष अदालतमा दायर गरेको आरोपपत्रमा लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुसररिसवत माग गरी निज ले गैर कानूनी सम्पती आर्जन गरेको दाबी गरिएको छ ।

भट्टराईले आफैले प्रत्यक्ष रूपमा नलिई आमा जनक नन्दनी भट्टराईको नाममा जग्गा खरिद गर्दा उक्त रिसवत रकम प्रयोग गरी भ्रष्टाचार जन्य कसुर गरेको आयोगले दाबी गरेको छ ।

आयोगले सरोज भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (ज्ञ) बमोजिमको कसुरमा बिगो रु८००००० ( असी लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुनका साथै सोही ऐनको दफा ३ को उपदफा १ र दफा ४७ बमोजिम निज सरोज भट्टराईको आमा जनक नन्दनी भट्टराईको नाममा रहेको जि.भक्तपुर, साविक गुण्डु गा.वि.स. वडा नं. ३ स्थित कि.नं. १३७४ र १३७५ जग्गा भ्रष्टाचारजन्य कसुरबाट आर्जन गरेको देखिएको हुँदा उक्त जग्गा समेत जफतको लागि मागदाबी गरेको छ ।

 

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ३ : ३० बजे