‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मैत्रीपूर्ण कप : उपाधिका लागि नेपालले आज गुजरातसँग खेल्दै

काठमाडौं । भारतमा जारी मैत्रीपूर्ण कपको उपाधिकालागि  आज नेपाल गुजरातसँग खेल्दैछ । भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले गुजरात क्रिकेट एसोसियसनको सामना गर्न लागेको हो । यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जितेको नेपाल विजेताको रूपमा फाइनल पुगेको हो ।

गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आइपुगेको हो । त्रिकोणात्मक श्रृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए ।

बरोडा भने लिग चरणबाटै बाहिरिसकेको छ । एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति नेपालले भारत भ्रमण गरेको हो ।

नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेल्न लागेको हो।  नेपाल त्यहाँबाट ओमान जानेछ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : २० बजे