पहाडी भेगमा मेघ गर्जनसहितको वर्षाको सम्भावना

काठमाडौं । मुलकभरका पहाडी क्षेत्रमा आंशिकदेखि समान्य बदली हुने छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी प्रदेशका केही पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षा हुने छ ।

अन्य पहाडी भेगका एक दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बाँकी भेगको मौसम भने समान्यत सफा रहने विभागको पूर्वानुमान छ । 

आज राती  पहाडी क्षेत्रमा आंशिक बदली हुने महाशाखाको अनुमान छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव २ डिग्री पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : १४ बजे