दमौली (तनहुँ) । व्यास नगरपालिका–५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
प्रहरीका अनुसार कुमालले हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।
प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार १० : ५० बजे
प्रतिक्रिया