साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जुम्लामा पुग्यो पाठ्यपुस्तक

जुम्ला । हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने जुम्लामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो ।

सदरमुकाम खलङ्गा बजारमा रहेको जिपी स्टेसनरीका सञ्चालक गणेश रोकायाले शैक्षिक सत्र सुरु हुनु एक महिनाअघि नै पाठ्यपुस्तक जिल्लामा पुगिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका स्थानीय तहमा रहेका केही विद्यालयले पाठ्यपुस्तक खरिद गरेर लगिसकेका छन् । अहिलेसम्म पातारासी गाउँपालिकाका चार, गुठीचौरका दुई र तिलाका चारवटा विद्यालयले पाठ्यपुस्तक लिएका छन् ।” 

अरू स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका रोकायाको भनाइ छ । उहाँका अनुसार यही चैत ११ गते कक्षा १ देखि १० सम्मका एक÷एक हजार थान पुस्तक आइसकेका छन् ।

सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको हो । विद्यालय सञ्चालन हुनु पहिले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने भएको सध्या स्टेसनरीका सञ्चालक सुनम खड्काले बताउनुभयो । उहाँका अनुसार शनिबार पाँच÷पाँच सय थान पाठ्यपुस्तक आइसकेका छन् ।

 सूचीकृत भएका स्टेसनरीबाट पाठ्ययुस्तक विद्यालयले खरिद गरेर लैजाने गरेका सिञ्जा गाउँपालिका शिक्षा शाखा प्रमुख शङ्कर धितालले जानकारी दिनुभयो । उहाँका अनुसार पाठ्यपुस्तक खरिद गरेर तिलाका सबै विद्यालयमा समयमै पु¥याउन विद्यालयलाई परिपत्र गरिएको छ ।
 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  २ : ०३ बजे