मन्थली विमानस्थलमा पानी पस्यो

ललितपुरको मेटल कारखानामा आगलागी हुँदा एक जनाकाे मृत्यु

ललितपुर। ललितपुरको हात्तिवनस्थित एक कारखानामा लागेको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीका अनुसार ललितपुर महानगरपालिका-२३,  हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा भएको आगलागीमा परी एक पुरुषको मृत्यु भएको हो।

शव जलेकोले पहिचान हुन नसकेको र सनाखत गर्ने प्रयास भइरहेको एसपी सुवेदीले बताउनुभयो।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ११ : ३० बजे