काठमाडौं। टेलिसिरियल ‘रामायण’की सीता आज अपरान्ह सैनिक क्लबमा आउनुहुनेभएको छ ।
रामायण नीति कथामा राजा जनककी छोरी सीता बनेर लोकप्रिय अभिनय गरेकी दीपिका चिखलिया जनजाति कल्याण आश्रमको निमन्त्रणा स्वीकारेर काठमाडौं आउनुभएको छ ।
आज आयोजक संस्थाको १४ औँ वार्षिकोत्सव समारोहमा मुख्य अतिथिका रुपमा उहाँ सहभागी हुँदैहुनुहुन्छ ।
आर्मी अफिसर्स क्लबमा आयोजना हुने कार्यक्रममा रामायण प्रेमीहरुको उल्लेख्य सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।
प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार १० : १७ बजे
प्रतिक्रिया