‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मिडियाका प्रकाशक र सम्पादकगरी २९ जना विपक्षी बनाइ गृहमन्त्रीपत्नी निकिताले हालिन् मुद्दा

काठमाडौँ  ।  उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेपत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमका अध्यक्ष, प्रकाशक र सम्पादकविरुद्ध मुद्दा हालेकी छिन्। 

पौडेलले काठमाडौँ जिल्ला अदालतमा लिखत गाली बेइजतीको कसुरमा आज २९ जनाविरुद्ध मुद्दा दर्ता गराएकी  हुन् ।

उनका अनुसार गृहमन्त्रीपत्नी पौडेलले  कान्तिपुर दैनिक, नागरिक दैनिक,अनलइनखबर, उकेरा, अर्थ सरकोकार र जनआस्था मिडियाका अध्यक्ष, प्रकाशक र सम्पादकलाई विपक्षी बनाएकी छिन्।

उनले आफ्नो नाम जोडेर सहकारीका विषयमा समाचार लेखेको आरोप लगाउँदै दायर मुद्दामा हरेक प्रतिवादीलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तथा जनही ५ करोड क्षतिपूर्तिको माग गरेकी छिन्। 

पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ र २ बमोजिमको मागदावी लिएर मुद्दा दायर गरेकी हुन्। उक्त दफामा बेइज्जती गरेमा ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना तथा मनासिव क्षतिपूर्ति र मुद्दा गर्दाको खर्च समेत भराउनुपर्ने कानुनी व्यवस्था छ। 

साई स्वागत सहकारी संस्थाको रकम हिनामिना प्रकरणको समाचारमा पौडेलको नाम उल्लेख थियो। पौडेल उक्त सहकारीकी निवर्तमान उपाध्यक्ष हुन्। 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : ४४ बजे