‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

वाइडबडी विमान खरिदमा भ्रष्टाचार, ३२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको छ।

आयोगले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको दाबीगर्दै तत्कालीन मन्त्री जीवनबहादुर शाही र नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारसहित  ३२ जनाविरुद्ध आज बिशेष अदालतलमा मुद्दा दायर गरेको छ ।

अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको आरोप पत्रमा वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको उल्लेख गरिएको छ ।

पूर्वमन्त्री शाही अहिले प्रदेश सभा सांसद छन् । उनी कर्णाली प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता हुन् । निगमका पूर्व महाप्रबन्धक कंसाकार निगमबाट बाहिरिएपछि सार्वजनिक जिम्मेवारीविहीन छन् । पूर्व पर्यटन सचिव अधिकारीले पनि अवकाश पाइसकेका छन् ।

 

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ३ : ३६ बजे