माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

जीप र मोटरसाइकल एकापसमा ठोक्किँदा चालकको मृत्यु

अर्घाखाँची। अर्घाखाँचीको शीतगङ्गामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

शीतगङ्गा नगरपालिका–१४ जलुकेपानीमा लु२च ७९३२ नम्बरको जीप र लु६प ७९३१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका २८ वर्षीय नियाज मुसलमानको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी नायब निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।  

दुर्घटनामा जीप चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय सनिउल्लाह थकिर घाइते भएका छन् । जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ८ : ४८ बजे