‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

वैवाहिक बलात्कारमा आराेपित न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । यसअघि उच्च अदालतले गरेको आदेश बदर गर्दै सर्वोच्चले थुनामा पठाउने फैसला दिएको हो ।

हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि उच्च अदालतले गरेको आदेश बदर गरेको हो । 

कपिलवस्तु जिल्ला अदालतका तत्कालिन न्यायाधीश गिरीकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन्।

काठमाडौं जिल्ला अदालतले थुनामै राख्न आदेश दिए पनि उच्च अदालतले थुनाबाहिरै रहेर मुद्दा लड्न आदेश दिएको थियो। उच्च अदालतको आदेशविरूद्धको निवेदनमा बुधबार सुनुवाइ भइरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै विष सेवन गरेकी थिइन्।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ५ : २८ बजे