माथिल्लो मनाङमा हिमपात

बाजुरामा भिरबाट लडेर एकजना महिलाको मृत्यु

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा भिरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ रिठ्ठाकी ४१ वर्षीया अपसरी बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

आज बिहान गाउँ नजिकैको रहेको बालभिटा मेलामा घाँस काट्न गएका बेला लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिं भण्डारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान भिरबाट दुई सय मिटर तल खस्दा बुढथापाको घटनास्थलमै मृत्यु भएको हो ।

भिरबाट लडेर मृत्यु भएकी बुढथापाको शवपरीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा शव राखिएको प्रनि भण्डारीले बताउनुभयो ।
 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ३९ बजे