माथिल्लो मनाङमा हिमपात

झापाको बिर्तामोडमा अटो पल्टिँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

झापा । झापाको बिर्तामोड–३ बिर्ताबजारमा मंगलबार साँझ सवा सात बजे अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक–२ बस्ने ३१ बर्षीय सामना लिम्बू र साबिकको डुम्रिसे–२ बस्ने ३६ बर्षीय भीमबहादुर तामाङ घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा तामाङलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिनुभयो ।

अर्की घाइते सामना लिम्बूको चिउँडो भाँचिएको र गम्भीर अवस्थामा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले अटो नियन्त्रणमा लिएपनि चालक फरार रहेको जनाएको छ ।
 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  २ : ०६ बजे