अर्घाखाँची । भुमिकास्थान नगरपालिकाले किर्ते कागज पेश गरेर चुनढुङ्गा उत्खननको अनुमति लिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
कपिलवस्तुको कृष्णनगरस्थित विजया सिमेन्ट प्रा.लि.ले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुङ्गा उत्खननको अनुमति–पत्र पाएको थियो । नगरपालिकाको कार्यालयले यही २०८० मङ्सिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशय पत्र पठाएको देखिन्छ । मङ्सिर ५ गते नगरपालिकाको लेटरप्याडमा नगरप्रमुख थापाको हस्ताक्षरसहितको पत्र विभागलाई गएको छ ।
नगरप्रमुख झविलाल थापाले जिल्ला प्रहरी कार्यालयमा किर्ते कागज पेश गरेर चुनढुङ्गा उत्खननको अनुमति लिएकाले छानबिनका लागी निवेदन दिएको बताउनुभएको छ । किर्ते गर्नेलाई कारवाहीको माग सहित प्रहरीमा निवेदन दिएको उहाँको भनाई छ ।
भूमिकास्थान नगरपालिका–९, सानोडेभामा रहेको चुनढुङ्गा उत्खननको अनुमति–पत्र किर्ते रहेको भन्दै मेयर थापाले कार्यालयबाट लेटरप्याड, छाप र हस्ताक्षर चोरी भएको भन्दै चैत्र ५ गते पत्रकार सम्मेलन समेत गर्नुभएको थियो ।
विजय सिमेन्ट प्रा.ली.ले भने नगरपालिकाले आफूलाई अनुमति दिएको भन्दै आएको छ । चुनढुङ्गा उत्खननको अनुमति–पत्र मेयरले नै दिएको भन्दै नेकपा एमाले निकट वार्ड अध्यक्षहरूले कार्यपालिका बैठक अबरुद्व गर्दै आएका छन् ।
प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १० : ३५ बजे
प्रतिक्रिया