सुर्खेत। कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ ।
मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतको प्रक्रिया पूरा गरेर मात्र राजीनामा दिने अडानका कारण मंगलबार बैठक बस्न सकेको थिएन । बैठक आज अपराहन्न ३ बजेका लागि बोलाइएको छ ।
माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेपछि केन्द्रमा भएको सहमतिलाई प्रदेशले चुनौती दिने देखिएको छ । मुख्यमन्त्री शर्मा केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति असन्तुष्ट देखिनुभएको छ ।
मंगलबार दिनभर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि प्रदेश सभाको बैठक नै प्रभावित बनेको थियो ।
प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार ९ : ४० बजे
प्रतिक्रिया