‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते

फिन्ल्याण्ड । फिनल्याण्डको राजधानी हेलसिन्की बाहिर भान्ताको एक विद्यालयमा मङ्गलबार एक नाबालिगले गोली चलाउँदा अन्य तीन विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । गोली चलाउने नावालिगलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

करिब ८०० जना विद्यार्थी र ९० जना कर्मचारी भएको यस विद्यालयमा कक्षा एक देखि नौ सम्म अध्ययन गर्ने ७–१५ वर्ष उमेर समूहका बालबालिकाहरू रहेको स्रोतले जनाएको छ । 

 प्रहरीका अनुसार गोलीकाण्डमा बालबालिकाहरू घाइते भएका छन् । प्रहरीलार्ई बिहान घटनाको जानकारी भएपछि घटनास्थलमा तैनाथ गरिएको थियो भने पछि संदिग्ध र घाइते दुवै नाबालिग भएको पुष्टि गरिएको थियो । 

गोलीकाण्ड पछि भान्ताको सङ्कट समूहको सहर सक्रिय भएको स्थानीय मिडियाले जनाएका छन् । घटनास्थलका तस्बिरहरूले विद्यालयमा ठुलो सङ्ख्यामा प्रहरी रहेको देखाएको छ । 

प्रहरीले जनतालाई सङ्कटग्रस्त क्षेत्रबाट टाढा रहि सम्भव भए सम्म घरभित्रै बस्न आग्रह गरेको छ । अपरिचितहरूका लागि ढोका नखोल्न समेत पनि प्रहरीले  विज्ञप्तिमार्फत जनतालाई सुचजनाजारी गरेको छ । 

यसैबीच चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार फिनल्यान्डको विद्यालयमा गोली चल्दा केही विद्यार्थी घाइते भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धत गर्दै सिन्ह्वाले जनाएको छ । 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ४ : ४५ बजे