दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालमा अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा

काठमाडौं । नेपालमा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा गरिएको छ । नेपाल पर्यटन बोर्ड र यूएसएडले संयुक्त रुपमा यस्तो अभियान सुरु गरेको घोषणा गरेको हो ।

सोमबार साँझ काठमाडौंमा एक समारोहको आयोजना गरी अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु गरिएको हो । सामाजिक सञ्जालको अधिक प्रयोग गरी नेपालको पर्यटनका सम्भावना र आकर्षणलाई विश्वव्यापी प्रचार गर्ने उद्देश्यले अभियान सुरु गरिएको कार्यक्रमा जानकारी गराइयो ।

भिजिट नेपाल २०२० अभियानका संयोजक एवम् व्यवसायी सुरज वैद्यले नेपाल देश सानो भएपनि विश्वका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो ।

नेपालस्थित अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालको आकर्षण र विविधतालाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न अमेरिका सधै तयार रहेको जानकारी दिनुभयो ।

पर्यटन मन्त्रालयका सचिव डा. दिपक काफ्लेले सुरु भएको अभियानमा सरकारले आवश्यक सहयोग गर्दै विदेशी निकायसँगको सहकार्यमा नेपालको प्रवद्र्धन गर्न आतुर रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डकी कार्यकारी प्रमुख नन्दिनी थापा साथै युएसएडकी प्रज्ञन अधिकारील अभियानमाका बारेमा प्रष्ट पार्नुभयो ।

घोषणा गरिएको अभियानमा काठमाडौं, पोखरा, बर्दिया र इलामका पर्यटकीय आकर्षणबारे सोसल मिडिया अभियन्ता, स्टेकहोल्डरमार्फत स्टोरीटेलिङ प्रस्तुत गर्दै विश्वलाई नेपालको समृद्ध सम्पदा र विविध संस्कृति देखाउने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ९ : २७ बजे