समाजवादी मोर्चाले आज बृहत् अन्तरक्रिया गर्ने, चारै शीर्ष नेताको सम्बोधन

काठमाडौं । समाजवादी मोर्चाले मंगलबार अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ। 

मोर्चाले आज काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मध्याह्न १२ बजे ‘नेपाली विशेषताको समाजवाद’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो।

कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चारवटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनता समाजवादी पार्टी प्रचार९प्रसार तथा प्रकाशन प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ८ : ४९ बजे