नेपालगञ्जमा २० वर्षीय युवकको शव फेला

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आज फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको छ ।” उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ । 

अस्पतालमा आगलागी 

यसैबीच बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आज आगलागी भएको छ । विद्युत् ‘सर्ट’ भएर अस्पतालको सिटी स्क्यान कक्षमा आगलागी प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिनुभयो । दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ९ : १५ बजे