साफ यू–१७ च्याम्पियनसिप आजदेखि

१५ हजार घुससहित वडाध्यक्ष पक्राउ

कपिलवस्तु।  कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२ का वडाध्यक्ष उजेर अली घुससहित पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

 

अलीले सेवाग्राहीसँग घर बाटो सिफारिस गर्ने नाममा घुस लिएको अवस्थामै उनी पक्राउ परेका हुन् ।

 

अख्तियारको टोलीले कार्यकक्षबाट घुससहित पक्राउ गरेको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी तथा उपसचिव भेषराज रिजालले जानकारी दिनुभयो । उजेरबाट घुसबापत लिएको १५ हजार रकमसमेत बरामद गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ३ : ०६ बजे