चट्यांग लागेर दैलेखमा एक बालिकाको मृत्यु

दैलेख ।  भैरवी गाउँपालिका–७ पानिपोखरीमा आज दिउँसो चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको छ । 

चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख दीपक मगराठीले बताउनुभयो । चट्याङ लागेर एउटा खसीसमेत मरेको जनाइएको छ । दैलेखमा दिउँसो ५ बजेतिर हावाहुरीसहित पानी परेको थियो ।
 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १० : १६ बजे