साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले वैशाक महिनाभर विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ । शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो ।

सीसीएमसीको आज सबेको बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको छ । यसैबीच सरकारले कोरोनासम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने भएको छ । बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव आएको र त्यसलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्ले स्वीकृत गर्ने परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीको भनाइ छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ८ : ३९ बजे