धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ ।

जहाज २ घण्टा २२ मिनेट काठमाडौंको आकाशमा होल्ड गरेपछि भैरहवा विमानस्थलमा आपतकालीन अवतरण गरिएको बताइएको छ ।

मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेका कारण जहाजलाई भैरहवा विमानस्थलमा डाइभर्ट गरिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ११ : २१ बजे