साफ यू–१७ च्याम्पियनसिप आजदेखि

१३ वर्षको बालकमाथि निर्घात कुटपिट, घटना लुकाउन बालकलाई नियन्त्रणमा

बर्दिया । एक १३ वर्षको बालकमाथि निर्घात कुटपिट भएको खबर छ । 

बर्दिया  जिल्ला बारबर्दिया नगरपालिका वडा नं. १   का चक्रबहादुर गुरुङका १३ वर्षका छोरा जगत गुरुङमाथि स्थानीय पर्शुराम चौधरी र जयबहादुर थारुले लठ्ठी प्रयोग गरी निर्घात कुटपिट गरेका हुन् । 

होलीका दिन सामान्य विवादमा बालकमाथि निर्घात कुटपिट गरेका उनीहरूले घटना लुकाउन बालकलाई आफैसँग नियन्त्रणमा लिएको समेत खबर छ ।

कुटपिटबाट बालकको टाउकोमा चोट लाग्नुका साथै शरीरका विभिन्न भागमा नीलडाम लागेको छ । बालकको आमाले अन्तै बिबाह गरी छाडेकाे र बाबु पनि रोजगारीको सिलसिलामा राजधानी रहेकाले उनीहरूले घटना लुकाउन बालकलाई नियन्त्रणमै लिई उपचारको नाटक गरिरहेको स्थानीयहरूले बताए । 

बालक प्रहरी चौंकी जाने डरले उनीहरूले बालकलाई आफै नियन्त्रणमा लिएर उपचारको नाटक गरिरहेको प्रत्यक्षदर्शीले बताए । ‘प्रहरीकोमा गए उपचार नगर्ने धाकधम्की दिँदै बालकलाई नियन्यन्त्रणमा लिएका छन्, बालकमाथि निर्घात कुटपिट गर्नेहरू नक्कली डाक्टर ल्याएर उपचारको नाटक गरिरहेका छन्, बालको स्वास्थ्य अवस्था खराब बन्दै गइरहेको छ’स्रोतले भन्यो । 

 

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ४ : ०५ बजे