साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रसाईंले पाएको हतियारको इजाजतबारे छानबिन गर्न सर्वोच्चको आदेश

काठमाडौं । दुर्गा प्रसाईंले पाएको हतियारको इजाजतको अनुमति कानूनसम्मत नभएको भन्दै छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

 

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलेको संयुक्त इजलासले मंगलवार गृह मन्त्रालयको नाममा यस्तो आदेश दिएको हो ।  

 

यही चैत ५ गते दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दाको सुनुवाइ भइरहेका बेला उनका बडी गार्ड दीपक खड्का सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका थिए । ​

बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्दै सर्वोच्चले खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । यस्तै थुनामा रहेका रामकुमार धिताललाई पनि थुनामुक्त सर्वोच्चले आदेश भएको छ ।​

​प्रसाईंका गार्डबाट बरामद भएको हतियार बोक्न इजाजत नभएको आदेशमा उल्लेख छ ।

'यस्तो हतियार बोक्न इजाजत छैन । के कसरी नवीकरण भएको हो ? नकारात्मक सूचीको  हतियार २०७९ पुस ७ मा कसरी नवीकरण भयो ?', आदेशमा भनिएको छ ।

अदालतजस्तो संवेदनशील क्षेत्रमा त्यस्ता हतियार बोक्न नपाउने गरी कानूनको व्यवस्था अबिलम्ब मिलाउनसमेत गृहको नाममा आदेश भएको हो ।​

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ७ : २० बजे