साफ यू–१७ च्याम्पियनसिप आजदेखि

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउ

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन् ।

लामालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखाबाट म‌गलबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार लामाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौँले गत मङ्सिर ७ गते चलाउनेमाथि आक्रमण गर्ने छ जनालाई दुई वर्ष कैद सजाय सुनाएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ७ : ११ बजे