धनगढीका मेयर गोपाल हमालकी जेठी छोरी गोवाबाट बेपत्ता

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता हुनुभएको छ ।

हमालकी जेठी छोरी आरती हमाल भारतको गोवाबाट बेपत्ता हुनुभएको हो । उहाँ हिजोबाट गोवाको जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन हुनुभएको मेयर हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

मेयर हमालले छोरीको खोजीका लागि सहयोग गरिदिन आग्रह समेत गर्नुभएको छ । आरती केही महिनादेखि ओशो ध्यानका लागि गोवा बस्दै आउनुभएको थियो ।

उहाँले लेख्नुभएको छ, ‘उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।’

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ७ : ५४ बजे