सुनको मूल्यमा नयाँ कीर्तिमान

सहुलियत दरमा ऋण प्रवाह गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेका एआईआईबी निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज (सोमवार) गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री दाहालले एआईआईबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताए ।

‘नेपाललाई अझै पनि ऋणमा अझै सहुलियत आवश्यक छ, तर एआइआइबीसँग यस्तो व्यवस्था छैन,’ प्रधानमन्त्री दाहालले भने, ‘बजार दरको मूल्यले बैंकको वित्तमा नेपालको पहुँचलाई सीमित गरेको छ । तपाईंहरू नीति निर्माता भएका नाताले यसमा पुनःविचार गर्न आग्रह गर्दछु ।’

सरकार उच्च आर्थिक बृद्धिमार्फत् सुशासन र संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धि केन्द्रित भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र नीति पुँजी परिचालनमा बैंकको सहयोगको अपेक्षा गरेको उल्लेख गरे ।

नेपालमा हाल एआइआइबीकाको लगानीमा ऊर्जा क्षेत्रका केही परियोजनामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलविद्युत्, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानी गर्न समेत आग्रह गरे ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : ३७ बजे