सेयर बजार दोहोरो अंकले घट्यो,२ अर्बको कारोबार

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इन्डेक्स १.२७ प्रतिशतले घटेर ३६०.७७ विन्दुमा अडिएको छ। आइतबार सार्वजनिक बिदा परेकाले कारोबार भएन।

दोहोरो अंकले घटेको बजारमा ३०४ कम्पनीको ७० लाख ६१ हजार १२ कित्ता सेयर २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँमा कारोबार भए।

यसदिन दुईवटा कम्पनीको मात्रै सेयर सकारात्मक सर्किट लेभलमाा कारोबार भयो। बोटलर्स नेपाल (बालाजु)र सर्वोत्तम सिमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

तारागाउँ रिजेन्सीको ८.०४,सीवाईसी नेपाल लघुवित्त वित्तीयको ७.४२ र हिमालयन हाइड्रोपावरको ६.२९ प्रतिशतले सेयर मूल्य बढ्यो। आज किसान लघुवित्तय संस्थाका  लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो।

बुद्ध भूमि हाइड्रोपावरको ९.९९ प्रतिशतले घट्दा आत्मनिर्भर लघुवित्त वित्तीयको ८.८२ र गुराँस लघुवित्त वित्तीयको ७.०१ प्रतिशतले मूल्य  घट्यो। कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी शिवम् सिमेन्टको १३अर्ब,सोनापुरको ८ करोड,हिमालयन रिइन्स्योरेन्सको ६ करोड र घोराही सिमेन्टको ५ करोड बढी मूल्यको सेयर कारोबार भयो।

चार समूहको उपसूचकबाहेक अन्यको सूचक ओरालो लाग्यो। कारोबारमा आएका ३८ कम्पनीको मूल्य बढ्दा २०३ कम्पनीको मूल्य घट्यो। 
 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ३ : २६ बजे