‘एउटै नाउरको सिकार गर्न २३ लाख’

टी–२० सिरिज : आज नेपाल र आयरल्याण्ड ए खेल्दै

काठमाडौँ ।  नेपाल र आयरल्याण्ड ए बीचको टी–२० सिरिज आजदेखि सुरु हुँदै छ । टियु मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुने छ ।     

यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकाश चन्द रहेका छन् ।

नेपाल र आयरल्याण्ड एबिच मार्च २५ र २६ मा दुई टी–२० खेल खेल्दै छ । त्यसपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डसिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणीय सिरिज हुने छ ।

नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल्न लागेको हो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ८ : २२ बजे