काठमाडौ । नेकपा (एमाले) ले रूसको मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ ।
आज बसेको सचिवालय बैठकले रूसको राजधानी मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको हो ।
शुक्रबार साँझ भएको आतंकवादी हमलामा १३३ जना रूसी नागरिकको ज्यान गएको थियो, जसको जिम्मा आतंकवादी समूह आईएसईसले लिएको छ।
हमलाका आक्रमणकारीमध्ये ४ जना पक्राउ परेका छन् ।
प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार ५ : २९ बजे
प्रतिक्रिया