साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

बिहीबार सुरु हुने एसईईको तयारी पूरा, पाँच लाखभन्दा बढी परीक्षार्थी

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार सुरु हुँदैछ । यसका लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

१५ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकासहितका परीक्षासँग सम्बन्धित सामग्रीहरू सम्बन्धित परीक्षा केन्द्रमा पुर्‍याउने काम सकिएको छ । 

देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । यो वर्षको एसईईमा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदैछन् ।

कुल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिकतर्फका छन् ।

एसईईमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक सहयोगी कर्मचारी, सुरक्षाकर्मीसमेत गरी ७७ हजार ५०५ जनशक्ति प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ३ : ०० बजे