सुनको मूल्यमा नयाँ कीर्तिमान

परराष्ट्रमन्त्री श्रेष्ठ आज चीन जाँदै, बीआरआई कार्यान्वयन मुख्य एजेण्डा

​​​​​​​काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन प्रस्थान गर्दैछन् । सत्ता समिकरण फेरिएलगत्तै परराष्ट्रमन्त्री श्रेष्ठ ९ दिन लामो औपचारिक भ्रमणका लागि चीन जान लागेका हुन् ।

नेपाल र चीनबीच सात वर्षअघि भएको सम्झौता अनुरुप बीआरआईको कार्यान्वयनका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनमा रहदा मन्त्री श्रेष्ठको समकक्षी वाङ यीसँग हुने भेटवार्तामा दुईपक्षीय विविध विषयमा कुराकानी हुने बताइएको छ ।

सत्तारुढ दल माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठको भ्रमणका क्रममा कुनै नयाँ सम्झौता भने नहुने बताइएको छ । सात वर्षअघि भएको सम्झौता अनुरुप बीआरआईको कार्यान्वयन योजनालगायत विषयमा भने छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल चीनबीच बीआरआई सम्झौता भए पनि त्यो परियोजना ऋणमा सञ्चालन गर्न नसकिने नेपालको अडान छ ।

मन्त्री श्रेष्ठको भ्रमण यहि विषयमा नै केन्द्रित हुने छ । श्रेष्ठले बेइजिङपछि चीनका विभिन्न प्रान्तमा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ७ : ३९ बजे